राप्रपा र कांग्रेस बीपी नेताबीच वार्ता, समझदारीको प्रयास जारी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेस (बीपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको टोलीबीच शुक्रबार वार्ता सम्पन्न भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेस (बीपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको टोलीबीच शुक्रबार वार्ता सम्पन्न भएको छ।
वार्तामा, दुई दलका नेताहरूले समसामयिक राजनीतिक परिस्थितिहरूका विभिन्न विषयमा छलफल गरेका थिए। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, सिंहदरबारस्थित राप्रपा संसदीय दलको कार्यालयमा भएको भेटमा देशको दीर्घकालीन हित, दिगो शान्ति, र स्थिरताका लागि राजसंस्थाको आवश्यकता र महत्वबारे बृहत् कुराकानी गरिएको छ।
अध्यक्ष लिङ्देन र शेरचनबीच विचार मिल्ने बुँदाहरूमा एकजुट भएर राष्ट्रवादी शक्ति निर्माण गर्ने आवश्यकताबारे पनि छलफल भएको श्रेष्ठले जानकारी दिए।
प्रतिनिधिमण्डलमा कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल र हेमन्त मल्ल, पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र कार्की लगायतका नेताहरू सहभागी थिए। राप्रपाबाट प्रवक्ता गोपाल दाहाल उपस्थित थिए।
तपाईको प्रतिक्रिया दिनुहोस