Techie IT

नेपालमा गठबन्धनको तीतो अनुभव रह्यो : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्थिर सरकारको लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले निर्वाचनमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गर्ने दललाई पाँच वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्।

गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई शनिबार पोखरामा सम्बोधन गर्दै थापाले भने, ‘निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन पाउँदैन, ‘जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’

अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।

हालको निर्वाचन प्रणालीले स्थिर सरकार बनाउन नसकेको भन्दै थापाले बहुमत नपाउँदा अन्य दलहरूसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए। यसले गठबन्धनको विकृत अभ्यासलाई जन्म दिएको उनको तर्क छ।

गठबन्धनको तितो अनुभव
थापाले नेपालमा गठबन्धनको तीतो अनुभव रहेको उल्लेख गर्दै गठबन्धन सरकार स्थिर र प्रभावकारी नभएको बताए। “जर्मनीजस्ता देशमा १५–२० वर्षसम्म गठबन्धन सरकार चलेको इतिहास छ। तर, नेपालमा गठबन्धन सरकार सञ्चालन गर्ने संस्कार र संस्कृति फिट भएन,” उनले भने।

उनले हालको प्रणालीमा गठबन्धनको सरकार अस्थिर हुने र प्रधानमन्त्रीले बारम्बार सरकार नबदलिने आश्वासन दिनुपर्ने अवस्थालाई अस्वाभाविक ठहर गरेका छन् ।

थापाले संविधान संशोधनमार्फत लोकप्रिय मत प्राप्त गर्ने दललाई पाँच वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उनले समावेशितालाई कायम राख्दै सरकारको आकार र संरचना सन्तुलित बनाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रदेश सरकारमा मन्त्रीहरूको संख्या सीमित गर्नुपर्नेमा पनि थापाले जोड दिए। “प्रदेश सरकारमा चार–पाँच जना मन्त्री राख्ने व्यवस्था संविधानमै स्पष्ट हुनुपर्छ। अहिले संविधानमा २५ जना मन्त्री भनेर नलेखिएको भए, केन्द्रमा ५० जना मन्त्री बनेका हुन्थे,” थापाले भने।

उनका अनुसार, ठूला आकारका सरकार आर्थिक भार र कार्यक्षमतामा बाधक बन्ने भएकाले सानो र प्रभावकारी सरकारको अवधारणा आवश्यक छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट