Techie IT

चैत मसान्तसम्म सदस्यता गुम्न नदिने कांग्रेसको निर्णय


काठमाडौँ । नेपाली कांग्रेसले चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको छ । 

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र पुरानो क्रियाशील सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो । 

यस्तै बैठकले क्रियाशील सदस्यता वैधानिक र वैज्ञानिक बनाउन जातजाति जनसंख्या र पार्टीको मत संख्याको आधारमा विज्ञहरूको समेत सुझाव लिएर नयाँ क्रियाशील सदस्यता वितरण गर्न वैज्ञानिक बाटो अवलम्बन गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नही रसाइलीले जानकारी दिए । 

दलित, जनजाति, महिला, मुस्लिमलाई क्रियाशीलता सदस्यता लिन प्रोत्साहन गर्ने निर्णय भएको उनले बताए । रसाइलीका अनुसार डोल्पामा क्रियाशील सदस्यता नवीकरणका लागि कार्यवाहक सभापतिलाई फारम पठाइदिने निर्णय भएको छ ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट