Techie IT

प्रचण्डको सुशासन अभिव्यक्ति : कांग्रेस–एमाले एकमुख, नेताहरू भन्छन्– यसो नभनौँ


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनमा चुकेको भन्ने अभिव्यक्ति दिएपछि सत्तारूढ कांग्रेस–एमाले एकमुख भएका छन् । 

कांग्रेस नेता अर्जुननरसिंह केसी र एमाले सचेतक महेश बर्तौलाले देशका विभिन्न ठाउँमा भएका सार्वजनिक कार्यक्रममा प्रचण्डलाई सरकार सुशासनमा चुकेको नभन्न आग्रह गरेका छन् । सत्तारूढ दलका नेताद्वय केसी र बर्तौलाले सरकार सुशासनप्रति प्रतिबद्ध भएको भन्दै प्रतिपक्षी प्रचण्डलाई यसो नभन्न आग्रह गरेका हुन् । 

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देश जटिल र चुनौतीपूर्ण परिस्थितिमा रहेको बताए । उनले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताए । उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्का कुरा नगर्न पनि प्रचण्डलाई सचेत गराए ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता केसीले अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताए । ‘देश अत्यन्त जटिलतम र चुनौतीपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति छ । दण्ड विहीनता, विधि विहीनता र हामी सुशासनको नाममा निरन्तर ओठे भक्ति र प्रदर्शन गरिरहेका छौँ । तर, सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचार मुक्त समाज हो,’ प्रचण्डलाई लक्षित गर्दै उनले भने । 

त्यस्तै एमाले सचेतक बर्तौलाले काठमाडौंमै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताए । 

उनले भने, ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ । कहिले कहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो की भन्ने पनि लाग्छ ।’ 

प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउँदै आएका छन् । उनको अभिव्यक्तिलाई लिएर पछिल्लो समय सत्तारूढ कांग्रेस–एमालेका नेताहरू प्रतिवादमा उत्रिएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट