प्रदेशले संशोधन गरेको कानूनले महानगरको आय घटयो : बालेन शाह
काठमाडौं महानगरका मेयर बालेन शाहलेप्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवार संशोधनगरेर स्थानीय सरकारको मनोरञ्जन
काठमाडौं महानगरका मेयर बालेन शाहलेप्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवार संशोधनगरेर स्थानीय सरकारको मनोरञ्जन राजस्व घटाएको बताएका छन्। उनले क्यासिनो, स्काइ वक, र मेलामहोत्सवमा लिइने शुल्कका उदाहरण दिदै भने, “पहिलेआकाशे सिसा पुलमा ५प्रतिशत शुल्क थियो, जसबाट २३ लाख ८६हजार रुपैयाँ राजस्व प्राप्त हुन्थ्यो, तर अहिले ५०हजार रुपैयाँ मात्र तोकिएको छ।”
उनका अनुसार, क्यासिनो र मेला महोत्सवमापनि शुल्क कम गरिएका छन्।यसबाट महानगरपालिकाको राजस्व घटेको उनले स्पष्ट पारे।उनले सोधे, “यस्ता नीतिगत भ्रष्टाचार लेखा परीक्षणका क्रममाकसरी सम्बोधन हुनेछ?”
महानगर प्रमुख शाहले प्रदेशको कर घटाउँदा नगरकोआयमा कमी आएको बताउँदैभने, “राजस्व घट्दा महानगरपालिका चलचित्र र कला प्रवर्धनकोलागि बजेट नपाउने अवस्थाआएको छ। त्यस्तै, संघीयसरकारले स्थानीय सरकारको अधिकारविपरीत बहाल कर संकलनगरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस