पूर्वउपराष्ट्रपति माओवादी बैठकमा उपस्थित : प्रचण्ड हँसमुख, भावी जिम्मेवारी खोसिने भयमा पुन–शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ उपस्थित भएका छन् । बिहीबार दिउँसो १ः०० बजेबाट सुरु भएको उक्त समितिको बैठकमा ‘पासाङ’ उपस्थित भएका हुन् ।
माओवादी कोटाबाट दुई÷दुईपटक उपराष्ट्रपति बनेका पुन माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपस्थित छन् । उनी यसअघिका पार्टी बैठकमा पनि नियमित उपस्थित हुँदै आएका थिए ।
उनलाई विशेष जिम्मेवारी दिने विषयमा माओवादीभित्र मतभेद रहेको स्रोत बताउँछ । माओवादीका एक स्थायी समिति सदस्यले भने, ‘उहाँ (पासाङ) बैठकमा उपस्थित हुनु भएको छ । अध्यक्ष प्रचण्डको उत्तराधिकारी को बन्ने विषयमा चर्चा जारी छ । यसमा वर्षमान पुन र जनार्दन शर्मा आकांक्षी देखिन्छन् । यसलाई रोक्न उहाँले नन्दकिशोर पुन ‘पासाङ’लाई अघि सारेको हुनपर्छ ।’
प्रचण्डले पासाङलाई अगाडि सारेकोमा शर्मा र पुन असन्तुष्ट देखिएका छन् । स्थायी समिति बैठकमा पासाङ उपस्थित भएपछि प्रचण्ड हँसमुख देखिन्छन् भने शर्मा र पुन मलिन !
तपाईको प्रतिक्रिया दिनुहोस