वामदेव गौतम एकीकृत समाजवादीमा भित्रिने तारन्तारको संवाद पश्चात् सैद्धान्तिक सहमति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताका लागि सैद्धान्तिक सहमति भएको छ ।
आज (बुधबार) एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा एकीकृत समाजवादीका शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसहितका नेताबीच सैद्धान्तिक सहमति भएको हो ।
सहमतिका क्रममा छिट्टै एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको गौतवले बताए । समझदारीका क्रममा अभियानका तर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीबारे छलफल भएको थियो ।
राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुईपक्षीय समझदारीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । एकताका लागि धेरै समय कुर्न नपर्ने भन्दै उनले त्यसपछि नै समझदारीका विषय सार्वजनिक गर्ने उल्लेख गरे ।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयका साथै विभिन्न विषयमा दुई पक्षबीच छलफल भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस