Techie IT

नेप्सेमा सामान्य सुधार, परिसूचक ५ अंकले उक्लिँदा कारोबार रकम घट्यो


नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेर २५८१.६० विन्दुमा पुगेको छ। पछिल्ला दुई दिन लगातार गिरावटपछि यस दिन नेप्सेले सुधार देखाएको हो।

फ्लोट इण्डेक्स ०.१६ अंकले बढे पनि सेन्सेटिभ इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ। नेप्से सुधार भए पनि कारोबार रकम भने खुम्चिएर ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ, जुन पछिल्लो समयको न्यूनतम कारोबार हो ।
आजको दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै मूल्य ६०८.३० रुपैयाँमा पुगेको छ। आत्मनिर्भर लघुवित्त र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । अर्कोतर्फ, सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्दै मूल्य २९०५.९० रुपैयाँमा झरेको छ।

उपसमूहको अवस्था
१३ उपसमूहमध्ये ८ उपसमूहले वृद्धि अनुभव गरे। वित्त उपसमूहले सबैभन्दा बढी ३.८७ प्रतिशतको सुधार देखायो। विकास बैंक १.६८ प्रतिशत र जलविद्युत १.२४ प्रतिशतले वृद्धि भए तर, बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, र अन्य उपसमूहले सामान्य गिरावटको सामना गर्नुपरेको थियो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। यस कम्पनीको २१ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, जानकी फाइनान्स र त्रिशुली जलविद्युतले पनि उच्च कारोबार गरे।

लगातार गिरावटपछि बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकमको खुम्चिँदो प्रवृत्ति लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ। विश्लेषकहरूले बजारमा सकारात्मक सोच कायम गर्न आगामी दिनमा ठूला लगानीकर्ताको सक्रियतामा भर पर्ने बताउँछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट