रावललाई कारबाही गर्दा ओलीको विरोध गर्ने नेताहरू को–को हुन् ? (नामावलीसहित)
काठमाडौं । केपी शर्मा ओलीले भीम रावललाई कारबाही गर्दा केही नेताले विरोध गरेका थिए । विरोध गर्ने नेताहरूलाई रावलले धन्यवाद दिएका छन् ।
आज (बुधबार) पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने नेतालाई धन्यवाद !’
ओलीले रावललाई कारबाही गर्दा नेताहरू अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई लगायतले विरोध गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस