Techie IT

सुन्दरहरैंचामा मौरीपालन कार्यक्रम : किसानलाई २२६ मौरीघार वितरण


सुन्दरहरैंचा नगरपालिकाले रु २५ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।     
    
कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिएका छन् । कार्यक्रममा २१ किसान परिवार सहभागी छन् ।     
    
सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उहाँको तर्क छ । मौरीपालनले महका साथै तोरी उत्पादनमा पनि मद्दत पुग्ने उनले बताए ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट