Techie IT

सवारी दुर्घटनामा चारजनाको मृत्यु


काठमाडौं, १५ पुस – देशभर विभिन्न स्थानमा आइतबार भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

मकवानपुर दुर्घटना
मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चाक्ले बगरस्थित सडकमा बोलेरो पिकअप (सु.प.प्र.०१-००१ च २९४६) दुर्घटना हुँदा कैलाश गाउँपालिका-३ का ५६ वर्षीय शन्त बहादुर गोम्बाको ज्यान गएको छ। गम्भीर घाइते भएका गोम्बाको मनहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ।

प्युठान दुर्घटना
प्युठान नगरपालिका-७ टिकुरी बसपार्कस्थित सडकमा मोटरसाइकल (लु.९१ प १३३७) को ठक्करबाट पैदलयात्री मल्लरानी गाउँपालिका-४ बासखोला निवासी ७८ वर्षीय रामचन्द्र शाहको मृत्यु भएको छ। ठक्करपछि गम्भीर घाइते भएका शाहको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा निधन भयो। मोटरसाइकल चालक घाइते भएका छन् र थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ।

बारा दुर्घटना
बारा जिल्लाको निजगढ नगरपालिका-९ बकैयास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी २४ वर्षीय एक पुरुषको ज्यान गएको छ। गम्भीर घाइते भएका ती व्यक्तिको निजगढस्थित सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ठक्कर दिने सवारी साधन फरार रहेकाले प्रहरीले खोजी जारी राखेको छ।

रूपन्देही दुर्घटना
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित सडकमा मोटरसाइकल (लु.७ प ४०६५) अनियन्त्रित भई दुर्घटना हुँदा भारत महारागंज ठुटेबारी निवासी ३२ वर्षीय जितेन्द्र बासफोरको ज्यान गएको छ। गम्भीर घाइते भएका बासफोरको मेडिकल कलेज, भैरहवामा उपचारका क्रममा मृत्यु भयो।

चारवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट