Techie IT
२०८२ वैशाख ९, मंगलबार

खेलाडीले मानेनन् सर्वोच्चको आदेश, जबर्जस्ती चुनाव गर्ने खेल संघलाई कारबाहीको डण्डा बर्साउने तयारीमा सरकार


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन नमान्ने खेल संघ तथा नेपाल ओलम्पिक कमिटीलाई कारबाही गर्ने बताएका छन् । 

पोखरामा आज पत्रकारहरूसँगको कुराकानीमा मन्त्री चौधरीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरीत कार्य गर्ने ओलम्पिक कमिटी र निर्वाचनमा सहभागी भएका राष्ट्रिय खेल संघमाथि कारबाही हुने बताए । 

‘नेपाल ओलम्पिक कमिटी र खेल सङ्घको गतिविधिलाई नेपाल सरकारले सहज रुपमा लिएको छैन । खेल संघलाई तीन दिनको समय दिएर स्पष्टिकरण सोधेका छौँ । जवाफ प्राप्त भएपछि कारबाही प्रक्रियाअघि बढाउँछौँ,’ मन्त्री चौधरीले भने । 

मन्त्री चौधरीले २७ खेल संघमध्ये २० वटाले ओलम्पिक कमिटीको निर्वाचनमा अनलाइनमार्फत भोटिङ गरेको र अदालत तथा सरकारको निर्देशन अवज्ञा गरेको बताए । नेपाल ओलम्पिक कमिटीको यहीँ पुस १३ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम रोक्न सर्वोच्च अदालतले पुस ११ गते अन्तरिम आदेश दिएको थियो । 

अदालतको आदेपछि राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिक कमिटी र कमिटीसँग आबद्ध सम्पूर्ण खेल संघ तथा प्रतिनिधिलाई निर्वाचन नगर्नु र नगराउनु भन्ने निर्देशन जारी गरेको थियो । 

सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत शनिबार निर्वाचन गरेर ओलम्पिक कमिटीले नेतृत्व चयन गरेको थियो । अनलाइन चुनावबाट जीवनराम श्रेष्ठ पुनःअध्यक्ष बनेको घोषणा गरिएको थियो ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट