पूर्वगृहमन्त्री र डिआइजीको थुनछेक बहस नहुञ्जेल कठ्यांग्रिँदो प्रहरी खोरमै बास
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिको रवि लामिछानेको बयान सकिएको छ । कास्की अदालतमा गत बिहीबारदेखि सुरु भएको बयान शनिबार सकिएको हो ।
उक्त मुद्दाका पूर्वडिआईजी तथा अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो ।
लामिछानेको बयान सकिएसँगै इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुनेछ । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो ।
सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाएको छ । त्यतिञ्जेल लामिछाने र जोशीलगायत कास्की प्रहरी हिरासतमै बस्नेछन् ।
गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस