पूर्णबहादुर नेपालीको दुवै हातमा लड्डु : उता श्रीलंकाको राजदूत, यता त्रिविको प्राध्यापक
काठमाडौं । श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले नेपालीको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो ।
समितिको आज (आइतबार)को बैठकले नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । नेपाली त्रिभुवन विश्वविद्यालयको सह–प्राध्यापकमा कार्यरत रहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस