Techie IT

संविधान संशोधनमा कांग्रेस इतरपक्षको असहमति, सार्वजनिक कार्यक्रममै सरकारप्रति विषवमन


काठमाडौं । कांग्रेस–एमाले नेतृत्वको सरकारले अगाडि सारेको संविधान संशोधनप्रति कांग्रेस इतरपक्षले असहमति जनाएको छ । उसले देशका विभिन्न ठाउँमा आयोजना गरिएको पार्टीका सार्वजनिक कार्यक्रममै असहमति जनाउँदै आएको छ ।

गत असार १७ गते मध्यराति कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति अन्तर्गत संविधान संशोधन गर्ने सहमति उल्लेख गरिएको छ । उक्त सहमति कार्यान्वयनका लागि कार्यदल गठन गर्न दुवै दल तयार भएका छन् । तर, हालसम्म संशोधनका लागि कार्यदल गठन गरिएको छैन ।

कार्यदल गठन नहुँदै प्रमुख सत्तारूढ दल कांग्रेस संस्थापन इतरपक्षले असन्तुष्टि जनाउँदै आएको छ । इतरपक्षका नेता डा.शेखर कोइरालाले पार्टीका सार्वजनिक कार्यक्रममा कांग्रेस–एमाले एक्लैले संविधान संशोधन गर्नु गलत हुने टिप्पणी गरेका छन् । 

कोइरालाले संविधान संशोधनको एजेन्डामा सत्तारुढ दुई दल मात्रै अघि बढ्दा गलत बाटोमा पुगिने बताएका छन् । आज (आइतबार) बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले माओवादी, मधेशका दल, रास्वपा र अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा अघि बढाउनुपर्ने जिकिर गरे ।

उनले भने, ‘माओवादी, मधेशका दलहरू, रास्वपा अन्य दलहरूसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । कांग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ । यसका साथै उनले अहिलेको सरकारले परिणाममूखी कार्यसम्पादन गर्न नसकेको अरोप लगाए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट