Techie IT

शर्त पूरा गरेपछि एक–दुई दिनभित्र टिकटक खुल्ने


सरकारले तोकेका शर्त मान्न तयार भएपछि टिकटक केही दिनभित्रै नेपालमा पुनः सञ्चालन हुने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार बुधबार टिकटकका प्रतिनिधिहरूले मन्त्रालयमा आएर सरकारले राखेका सबै शर्त स्वीकार गरेको पत्र बुझाएका छन्। अब मन्त्रिपरिषदबाट औपचारिक निर्णय भएपछि टिकटक पुनः सञ्चालन हुनेछ।
के थिए सरकारका शर्त?

सरकारले टिकटकलाई नेपालमा दर्ता हुनुपर्ने, सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता र सार्वजनिक शिक्षामा सहयोग गर्नुपर्नेलगायतका शर्त राखेको थियो। टिकटकले यी सबै शर्त मान्न सहमति जनाएको छ।

किन बन्द गरिएको थियो टिकटक?

सामाजिक सद्भाव खलबल्याउने गतिविधि बढेको भन्दै सरकारले गत कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

केही दिनमै खुलिने

सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार, “टिकटकले सरकारको सबै शर्त मान्न तयार भएको छ। अब मन्त्रिपरिषदबाट औपचारिक निर्णय भएपछि टिकटक पुनः सञ्चालन हुनेछ।” उनका अनुसार मन्त्रिपरिषदको निर्णय एक–दुई दिनभित्रै आउने सम्भावना छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट