नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
नेपाल र भारतबीचको साझासुरक्षा उद्देश्य हासिल गर्ने र द्विपक्षीय सम्बन्धविस्तार गर्ने उद्देश्यले लामो समयदेखि हुँदैआएको सैन्य अभ्यासको १८औं संस्करण

नेपाल र भारतबीचको साझासुरक्षा उद्देश्य हासिल गर्ने र द्विपक्षीय सम्बन्धविस्तार गर्ने उद्देश्यले लामो समयदेखि हुँदैआएको सैन्य अभ्यासको १८औं संस्करण मङ्गलबारदेखिरुपन्देहीको सालझण्डीमा शुरु हुनेछ।
‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्तसैन्य अभ्यास जङ्गल युद्ध, कठिन भौगोलिक क्षेत्रमाआतंकवादविरुद्धको अभियान, शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघीयकार्य, विपद् व्यवस्थापन र राहत परिचालन, आन्तरिक क्षमता वृद्धि, र वातावरण संरक्षणमाकेन्द्रित हुनेछ।
पुस २९ गतेसम्म जारीरहने यस तालिममा नेपालीसेनाको श्रीजङ्ग बटालियन र भारतीय सेनाको११औं गोर्खा राइफल्स सहभागी हुनेछ। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार यो अभ्यासले नेपालर भारतबीचको मैत्री र विश्वासलाई थपमजबूत गर्दै दुई देशका सेनाकोसहकार्यलाई सुदृढ बनाउनेछ।
विसं २०६७ बाट वार्षिकरूपमा नेपाल र भारतमा आलोपालोगरी हुने यस अभ्यासको१७औं शृङ्खला अघिल्लो वर्ष भारतको पिथौरागढमाभएको थियो। यस अभ्यासमा हालसम्मनेपाली सेनाका ४,२१५ रभारतीय सेनाका ४,४४२ सैनिकसहभागी भएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस