Techie IT
२०८२ जेष्ठ १, बिहीबार

तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने


हाल नेपालभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

मौसम बुलेटिन अनुसार, देशभर आंशिकदेखि साधारण बदली छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

अगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

भारी वर्षाका कारण नदीमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम उत्पन्न हुन सक्छ। साथै, यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्छ। त्यसैले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट