Techie IT
२०८२ वैशाख ६, शनिबार

हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ : अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय संकटकोबीचमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान रप्राकृतिक स्रोतको दिगो उपयोगको


राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय संकटकोबीचमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान रप्राकृतिक स्रोतको दिगो उपयोगको योगदानलाईप्रशंसनीय बताउँदै त्यसको सकारात्मक प्रभावको प्रशंसा गरे। उनले आजदेखिसुरु भएको दसौँ वार्षिकड्रुक्पा काउन्सिलको अवसरमा सम्बोधन गर्दै ड्रुक्पा परम्पराले अघि सारेका प्रयासलेविशेष योगदान पुर्याएको बताएका छन्।

अध्यक्ष दाहालले भने, "नेपालजस्ता हिमाली देशका लागि यस्ता अभियानकोविशेष महत्व छ। ड्रुक्पा परम्परालेधार्मिक सहिष्णुता, आन्तरिक शान्ति र मानवताका लागिसमर्पित जीवन जिउने प्रेरणादिएका छन्।" उनले ड्रुक्पा परम्पराकोलैङ्गिक समानता, पर्यावरणीय सचेतना, पदयात्रा, साइकल यात्रा र सरसफाइ अभियानमासक्रिय सहभागिता सराहनीय रहेको पनि बताए।

अध्यक्ष दाहालले ड्रुक्पा परिषद् विश्वभरि शान्ति, सहिष्णुता र दयाभावको सन्देशफैलाउँदै आएको उल्लेख गरेर यसको १० वर्षकोउत्सवलाई परम्पराको समृद्ध विरासत र यसको वैश्विकप्रभावको उत्सवको रुपमा व्याख्या गरे।

भुटानका गृहमन्त्री लोन्पो छिरिङले आध्यात्मिक जागरणसँगै ड्रुक्पा परम्पराले लैङ्गिक समानता र वातावरणीय संरक्षणमालिएका पहलहरूको प्रशंसा गरे। नेपाल बौद्धसंघका अध्यक्ष खेन्पो थुम्तेन जिग्दोलले ड्रुक्पा अनुयायीहरूको प्राणी हितका लागि गरिएका कार्यहरूलाईअनुकरणीय बताए।

समारोहको अवसरमा डक्पा वंश, यात्रा रड्रुक्पा योगी तथा गुरुकाबारेमा जानकारीमूलक भिडियो प्रदर्शन गरिएको थियो। यसका साथै, विभिन्नमुलुकबाट आएका ड्रुक्पा अनुयायीहरूलेसांस्कृतिक प्रस्तुति दिएका थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट