Techie IT

बालेनको निसानामा बारबार प्रधानमन्त्री ओली !


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन केपी शर्मा ओली नेतृत्व सरकारलाई ध्यानाकर्षण गराएका छन् । 

आज (शुक्रबारबाट) काठमाडौंमा सुरु भएको कोटेश्वर महोत्सव उद्घाटन गर्दै बालेनले ओली सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

‘अहिले दुईतिहाइको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न सकेको छैन । पचासौँ वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्राप्त भएको छ,’ उनले भने, ‘कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए अब विश्वास नगर्नुहोला ।’

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोतसाधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए । 

त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सार्वजनिक कार्यक्रम एवं सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै आएका छन् । ओली पनि बालेन लक्षित कटाक्ष गरिरहन्छन् ।

आजको कार्यक्रममा पनि मेयर बोलनले प्रधानमन्त्री नेतृत्वको सरकारले काम गर्न नसकेको अरोप लगाएका छन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट