Techie IT

मोहन वैद्य ‘किरण’ अस्वस्थ, अस्पताल भर्ना


काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्वस्थ भएका छन् । एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्वस्थ भएका हुन् । 

७८ वर्षीय वैद्य अस्वस्थ भएपछि हिजो (बिहीबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । 

बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकै अवस्थामा स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको थियो । 

चिकित्सकहरूले भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई भर्ना गरिएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट