Techie IT
२०८२ वैशाख ७, आइतबार

सवारी दुर्घटनामा चार जनाको मृत्यु


नेपालका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्। प्रहरीले दोषी सवारी चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा बाजुरा बडिमालिका नगरपालिका-७ का ३० वर्षीय धर्म खत्रीको ज्यान गएको छ। उनी चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा मायामेट्रो अस्पतालमा निधन भएको छ। दुर्घटनामा घाइते अर्का व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ स्थित देवनगढियामा लु.३८ प ३७०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक २७ वर्षीय कपिल कुर्मीको मृत्यु भएको छ। गम्भीर घाइते कुर्मीको शिवराज अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

सिन्धुलीको कमलामाई नगरपालिका-९ चुरेस्थित सडकमा ना.४ ख ४५६२ नम्बरको बसले ठक्कर दिँदा धनुषा मिथिला नगरपालिका-११ की ६८ वर्षीय पूर्णमाया तामाङको मृत्यु भएको छ। घाइते भएकी तामाङको शुभस्वस्तिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

मोरङको उर्लाबारी नगरपालिका-४ स्थित बक्राहा पुलमा पथरीबाट उर्लाबारी जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१३६ नम्बरको बसले साइकलयात्री ६६ वर्षीय निर बहादुर लिम्बुलाई ठक्कर दियो। गम्भीर घाइते लिम्बुको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट