Techie IT

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन, प्रधानमन्त्री मोदीले व्यक्त गरे गहिरो श्रद्धाञ्जलि


भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेता र सर्वसाधारणले गहिरो श्रद्धाञ्जलि अर्पण गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा लेख्दै भनेका छन्, “भारतले आफ्नो सबैभन्दा सम्मानित नेतामध्ये एक डा. मनमोहन सिंहलाई गुमाएको छ।”

उनले डा. सिंहको साधारण पृष्ठभूमिबाट सुरु भएको यात्राले उनलाई विश्वस्तरका अर्थशास्त्री र सक्षम नेताको रूपमा स्थापित गरेको उल्लेख गर्दै प्रशंसा गरे। प्रधानमन्त्री मोदीले थप लेखेका छन्, “डा. सिंहले वित्तमन्त्रीदेखि प्रधानमन्त्रीसम्मका महत्वपूर्ण भूमिकामा रहेर देशको सेवामा अतुलनीय योगदान दिनुभयो। प्रधानमन्त्रीका रूपमा जनताको जीवनस्तर सुधार्न उहाँको अथक प्रयास प्रशंसनीय छ। संसदमा उहाँका विचारशील हस्तक्षेप सधैं प्रेरणादायी रहन्छन्।”

डा. मनमोहन सिंहको निधनको खबरले भारतीय राजनीतिक र सामाजिक क्षेत्रमा शोक छाएको छ। विभिन्न नेताहरू, राजनीतिज्ञ, प्राज्ञिक व्यक्तित्व र सर्वसाधारणले उनलाई श्रद्धापूर्वक सम्झिरहेका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट