Techie IT

न्यायाधीश राईसँग रविको इन्कारी बयान, भने– कुनै कसूरमा संलग्न छैन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आज (बिहीबार)को बयान सकिएको छ । उनको बयान भोलि (शुक्रबार) पनि हुने जिल्ला अदालत कास्कीले जनाएको छ । 

कास्की अदालतका न्यायाधीश नितिज राईको इजलासमा रविको बयान चलेको थियो । उनीविरुद्ध प्रहरी अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयले आइतबार सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा अभियोजन दर्ता गरेको छ । 

उक्त अभियोजनका आधारमा रविलाई आजबाट बयान लिने कार्य सुरु भएको छ । बयानमा रविले न्यायाधीश नितिज राईसँग अभियोजनमा भनेजस्तो कुनैपनि कसूरमा आफू संलग्न नरहको दावी गरेका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट