Techie IT

निलम्बित सांसद रविसँगै पूर्वसांसद गुरुङ न्यायाधीश राईको इजलासमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान न्यायाधीश नितिन राईको इजलासमा जारी छ । 

सरकारी वकिल कार्यालयले आइतबार रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा जिल्ला अदालत कास्कीमा अभियोजन दर्ता गरेपछि उनले अदालतमै बयान दिन सुरु गरेका छन् । 

रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङको बयान लिने तयारी भएको छ । 

त्यस्तै नेचर हब्र्सका पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

छवि र लिलाको बयान सकिएको छ भने रविसहित सात जनाको बयान भइसकेको छैन । पूर्वकोषाध्यक्ष आरती र पूर्वसांसद मीना मंगलबार पक्राउ परेका थिए । 

रविविरुद्ध तीनवटा अभियोजन दर्ता भएसँगै सांसद पद निलम्बनमा परेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट