गण्डकी बोर्डिङमा कक्षा ४ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको सूचना प्रकाशित
गण्डकी बोर्डिङ स्कुलले आगामी शैक्षिक शत्र २०८२ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको सूचना जारी गरेको छ। विद्यालयले लामो समयदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। यस वर्ष पनि देशभरबाट खुला र समावेशी कोटाको आधारमा पूर्ण तथा आंशिक छात्रवृत्ति वितरण गर्ने विद्यालयले जनाएको छ।
सूचनाका अनुसार, प्रवेश परीक्षाका लागि देशभर पूर्वदेखि पश्चिमसम्मका विभिन्न विद्यालयहरूमा परीक्षा केन्द्रहरू तोकिएका छन्। गण्डकी बोर्डिङ स्कुलले कक्षा ४ देखि मात्रै छात्रवृत्तिमा भर्ना गर्ने प्रावधान राखेको छ।
छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीहरूले प्रवेश परीक्षामा सहभागी हुनुपर्नेछ। यस सम्बन्धमा विस्तृत जानकारीका लागि विद्यालयले जारी गरेको तलको सूचना हेर्नुहोस् ।
तपाईको प्रतिक्रिया दिनुहोस