Techie IT

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु


सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ। यससँगै देशका तीनवटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा उपलब्ध हुने भएको छ।

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सहयोग गर्ने भएको छ। बुधबार दुवै अस्पतालबीच यस सम्बन्धी सम्झौता भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन्। यसअघि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुर्खेत प्रादेशिक अस्पताल र कोशी प्रदेश अस्पतालसँग पनि यस्तै सम्झौता गरिसकेको छ।

 

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तारको लक्ष्य

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दै स्वीकृत गरेको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० ले देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा पनि सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख छ। यसै लक्ष्यअनुसार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मेवारीमा रहेका अस्पतालहरूमा उपचार सेवा विस्तारको काम अगाडि बढाएको हो।

गण्डकी र मधेश प्रदेशमा पनि छिट्टै सेवा विस्तार हुने

सरकारको यो पहलसँगै अब देशका विभिन्न भागका क्यान्सर रोगीहरूले आफ्नै प्रदेशमा नै उपचार सेवा पाउने भएका छन्। सरकारले गण्डकी र मधेश प्रदेशमा पनि चाँडै यस्तै सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट