Techie IT

पाकिस्तानको हवाई आक्रमणमा परि अफगानिस्तानमा ४६ जनाको मृत्यु


अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी दिएका छन्।

प्रवक्ता जबीहुल्लाह मुजाहिदले बताए, "मङ्गलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा बमबारी गरेको थियो। यस आक्रमणमा मृत्यु हुने ४६ जनामा अधिकांश महिला र बालबालिका रहेका छन्।"

उनका अनुसार, उक्त घटनामा अन्य छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तानको यस आक्रमणको तीव्र निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, "यस आक्रमणलाई अफगानिस्तानले 'बर्बर' र 'स्पष्ट उत्तेजना'को रूपमा लिन्छ। अफगानिस्तान आफ्नो भौगोलिक र सार्वभौमिकताको रक्षा गर्ने अविभाज्य अधिकार राख्दछ।"

यस अघि मार्चमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा आठ जना सर्वसाधारणको मृत्यु भएको थियो।

बरमलको एक निवासी मलीलले एएफपीसँग कुरा गर्दै भने, "बमबारीले दुई-तीन घरमा क्षति पुर्यायो, एक घरमा पूरै परिवारसहित १८ जनाको मृत्यु भएको छ।" अर्को घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएका थिए, जसलाई उपचारका लागि अस्पताल लगिएको थियो।

सन् २०२१ मा तालिवान सरकारले सत्ता कब्जा गरेपछि अफगानिस्तान र पाकिस्तान बीच सीमा तनाव बढेको छ। पाकिस्तानले काबुलका तालिवान अधिकारीहरूले लडाकूहरूलाई आश्रय दिएको र उनीहरूलाई पाकिस्तानी भूमिमा आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएको छ, जबकि काबुलले भने उक्त आरोपको खण्डन गर्दै आएको छ।

पाकिस्तानी तालिवान (तहरीक–ए–तालिबान पाकिस्तान, टीटीपी) ले गत साता अफगानिस्तानसँग सिमाना जोडिएको पाकिस्तानी सैनिक चौकीमा आक्रमण गर्दा १६ सैनिकको मृत्यु भएको पाकिस्तानी गुप्तचर अधिकारीहरूले बताएका थिए।

अफगान भूमिमा भएको हालको हवाई आक्रमणका बारेमा पाकिस्तानका अधिकारीहरूले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

यसैबीच, अफगानिस्तानका उच्च अधिकारीहरूले पाकिस्तानका विशेष दूतसँग मङ्गलबार काबुलमा भेटवार्ता गरेका थिए।

#PakisanAtttack 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट