कांग्रेस–एमालेबीच मध्यरातको सहमति दिउँसोमा छलफल
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक जारी छ । जारी बैठकमा गत असार १७ गते मध्यराति भएको ७ बुँदे सहमतिबारे सघन छलफल भइरहेको छ ।
यसका लागि सचिवालय बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउनेबारे प्रमुख सत्तारूढ नेपाली कांग्रेससँग भएको छलफलबारे ब्रिफिङ भइरहेको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र सरकारलाई सुझाव दिन गठित संयन्त्रमा रहेका नेताहरूले यसबारे बैठकमा जानकारी गराउने एमालेका एक नेताले बताए ।
संयन्त्रका लागि एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उपमहासचिव विष्णु रिमाल छन् ।
दुवै दलले संविधान संशोधनका लागि कार्यदल बनाउन मंगलबार बालुवाटारमा संयन्त्रको बैठक बसेको थियो । उक्त बैठकमा भएको निर्णयबारे बैठकमा ब्रिफिङ भइरहेको छ ।
असारमा कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने सहमति भएको छ । यसबारे दुवै दलले थप छलफल गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस