एमाले पृष्ठभूमिका सभामुख नै ओली सरकारप्रति आक्रोशित, भन्छन्– संसद् चल्दैन
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) पृष्भूमिका सभामुख देवराज घिमिरे सरकारप्रति आक्रोशित भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदबाट तर्किएको भन्दै आक्रोशित भएका हुन् ।
संसद् सरकार जन्माउने आमा भएको उल्लेख गर्दै कांग्रेस–एमाले नेतृत्वको ओली सरकार टाढा हुने, तर्सिने, तर्किने गरेका बताएका छन् ।
संघीय संसद् सचिवालयले नगरकोटमा आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा बन्ने, तर्सिने, तर्किने आदि जे गरेर हिडिँरहेको छ । यो बेठीक छ ।’
उनले संसद्प्रति सरकार पूर्णरूपमा जवाफदेही हुनुपर्ने सभामुख घिमिरेले बताए । उनले सरकारलाई अप्ठ्यारो नपरेसम्म संसदमा नआउने गरेको बताए । सरकार नै संसद्प्रति जवाफदेही नभएकोले तत्काल संसद् नचल्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया दिनुहोस