Techie IT

ओलीको ढिलाइले तात्यो एमाले नेताहरूको पिठ्युँ


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित समयभन्दा दई घण्टा ढिला सुरु भएको छ ।

आज (बुधबार) बिहान ११ः०० बजे बस्ने उक्त सचिवालयको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली झन्डै एकडेढ घण्टापछि उपस्थित भएपछि ढिला सुरु भएको हो । 

बैठक दिउँसो २ः०० बजेबाट सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली १ः३० बजे मात्रै पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए ।

एमाले नेताहरू बैठकमा उपस्थित हुन ११ः०० बजे नै कार्यालय पुगिसकेका थिए । तर, अध्यक्ष ओली अन्य कार्यक्रममा व्यस्त रहेकोले पूर्वनिर्धारित समयमा बैठकमा पुग्न सकेनन् । ओलीको पर्खाइमा रहेका पार्टीका नेताहरू पार्टी कार्यालयमा घाम तापेर भर्खरै बैठकमा सहभागी भएका छन् । 

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको बोलाउने, कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तारबारे छलफल हुनेछ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट