Techie IT

लोकसेवामा असफल भएर मिलनले बुवा र भाइको हत्या गरे

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छाछोरा मृत भेटिएको प्रकरणमाबेपत्ता मिलन आचार्यले घटनास्वीकारेका छन् ।


जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छाछोरा मृत भेटिएको प्रकरणमाबेपत्ता मिलन आचार्यले घटनास्वीकारेका छन् ।

शनिबार राति बुवा रभाइको ज्यान लिएपछि फरार रहेका उनलेमंगलबार बिहान प्रहरी बृत्त महाराजगञ्जमा पुगेर घटना स्वीकारेका हुन्।

घटनापछि आइबार सबेरै बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित कोठाबाटमोटरसाइकल चढेर फरार भएकाउनी सातदोबाटो हुँदै कलंकी पुगेपछि गायब भएका थिए।

कलंकीमा मोबाइलको सिमकार्ड फ्याँकेर गायब भएका उनलेअचानक मंगलबार बिहान प्रहरी बृत्त महाराजगञ्ज पुगेर घटना सकारेका हुन्।

प्रहरीले खोजतलास गरिरहेका बेला अचानक महाराजगञ्जबृत्त पुगेका उनलाई नियन्त्रणमा लिएर उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरेको थियो ।

त्यसक्रममा उनले बाबु रभाइको हत्या आफैंले गरेको भन्दै घटना सकारेको उपत्यकाअपराध अनुसन्धान कार्यालयका एसपी एवम् प्रवक्ताकाजीकुमार आचार्यले बताए ।

‘उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरेकोथियो। त्यसक्रममा उनले बुवा रभाइको हत्या गरेको सकारेका छन्’, आचार्यले खबरहबलाई भनेका छन् ।

मिलन आफू धेरै कुरामातनावमा आएका बेला मनअस्थिर हुँदा घटना हुन गराउनपुगेको बताएका छन् । बुवालेआफूलाई धेरै माया गर्नेगरेको बताउँदै तर बुवाको सपनापूरा गर्न असफल भएकोप्रहरीसँग बताएका छन् ।

‘मैले लोकसेवा आयोगमा नाम निकालोस् भन्नेसपना बुवाले बोक्नु भएको थियो ।उहाँले मलाई माया गर्नुहुन्थ्यो । तर उहाँकोसपना पूरा गर्न सकिनँ। लोकसेवा ६/७ पटकदिँदा पनि फेल भएँ’, उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘म असफल भइरहँदाबुवा पनि ठूलो तनावमाहुनुहुन्थ्यो ।’

आचार्यले लोकसेवामा असफल हुँदा प्रेमिकासँगकोसम्बन्ध पनि तनावपूर्ण भएकोबताएका छन् । उनलेबुवा र भाइलाई शारीरिकअभ्यासमा प्रयोग गरिने ड्रमबेल र मसला पिँस्नप्रयोग गरिने सिलौटाले हानेर ज्यान लिएको बताएका छन् । उनलेबालकोटस्थित डेराका अलग अलग कोठामासुतेका बुवा र भाइकोज्यान लिएर आइतबार सबेरैबिहान भागेका थिए ।

प्रहरीका अनुसार उनले बुवा रभाइको ज्यान लिएपछि आफूले पनि आत्महत्या प्रयासगर्दा असफल भएको बताएकाछन् । एक प्रहरीअधिकारीले मिलनसँगको संवाद सुनेपछि उनीमा मानसिक समस्या पनि रहेको हुनसक्ने आशंका गरेका छन् । यद्यपिअहिले प्रहरी उनको स्वास्थ्य परीक्षणकोचरणमा छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छाछोरा २२ वर्षीय प्रवीणआचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाकोघरमा सोमबार मृत भेटिएका थिए। उनीहरू दुवैलाई शनिबार राति मिलन आफैंलेमासुभात पकाएर खुवाएका पन थिए ।

उनीहरूसँगै शनिबार राति उक्त घरमासुतेका जेठा छोरा मिलनभने बेपत्ता थिए । बुवार कान्छा छोरा मृत भेटिँदाबेपत्ता रहेका जेठा छोरा मिलनभने बेपत्ता थिए ।

आइतबार बिहान ३ बजे कोठाबाटनिस्किएर बेपत्ता भएका उनी मंगलबारमहाराजगञ्ज प्रहरी बृत्तमा पुगेसँगै प्रहरीले पक्राउ गरेको हो । महाराजगञ्जप्रहरी बृत्तमा रहेका उनलाई लिन टोली पठाइएकोजिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीलेखबरहबलाई जानकारी दिए ।

‘आइतबार बिहान ३ बजेदेखि मिलनकोठाबाट मोटरसाइकल चढेर हिँडेको देखिएकोथियो । सातदोबाटोसम्म पुगेकोपत्ता लागेको थियो । मंगलबारबिहान महाराजगञ्ज बृत्तमा पुगेपछि पक्राउ गरिएको छ’, उनले भने, ‘अहिले हाम्रो टोली लिन जाँदैछ।ल्याइसकेपछि विस्तृत विवरण खुल्छ ।’

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रैजेठा छोरा मिलन आचार्यर कान्छा छोरा प्रवीण बसिरहेकोभक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए। उनी स्कुटरको लाइसेन्सनिकाल्ने योजनासहित कार्यालयमा बिदा लेखाएर काठमाडौंआएका थिए ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट