Techie IT

रविसहित चार जनालाई अदालतमा बयान, छविसँग जारी

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई बयानका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।


सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई बयानका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका लामिछाने, पूर्व डीआईजी एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको हो । कृष्णबहादुर गुरुङ भने अस्वस्थ भएकाले अस्पताल लगिएको बताइएको छ ।

बयानको पहिलो दिन सोमबार न्यायाधीश नीतिज राईको इजलासमा जोशीको मात्र बयान लिइएको थियो । हिजो उनको बयान नसकिएकाले अहिले उनको बयान जारी रहेको छ । जोशीको बयान सकिएपछि आज रास्वपा सभापति लामिछानेको बयान हुनेछ ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि थुनचेकको बहस र आदेश हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट