नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथग्रहण (नामावलीसहित)
काठमाडौं । विभिन्न देशका नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक समारोहमा रुसी महासंघका लागि नवनियुक्त राजदूत जंगबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा.शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा.शंकरप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस