Techie IT

वैदेशिक सहायतामा २३७ प्रतिशतले वृद्धि


काठमाडौं, ७ पुस – नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा विकास साझेदारबाट उल्लेख्य परिमाणमा वैदेशिक सहायता प्राप्त गरेको छ। पुस पहिलो सातासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा प्राप्त ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा यो प्रतिबद्धता २३७ प्रतिशतले वृद्धि भएको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले बताए।

प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता १५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता १८० प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले बढेको छ।

उनका अनुसार अहिलेसम्म ६ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक अनुदान र ३७ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक ऋणसहित कुल ४४ अर्ब आठ करोड रुपैयाँ सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट