खोलाको दहमा डुबेर दुई जनाको मृत्यु
तेह्रथुम, ७ पुस – तेह्रथुमको मेन्छयायेम गाउँपालिका-६ सल्लेरी पुच्छरस्थित खोरूङगा खोलाको दहमा शनिबार दिउँसो डुबेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मेन्छयायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा नर्सका रूपमा कार्यरत मोरङ विराटनगरकी २४ वर्षीया रबिना राजबंशी र मेन्छयायेम गाउँपालिका-५ निवासी १४ वर्षीया सुस्मिता भट्टराई रहेका छन्।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस