Techie IT

"रास्वपाको आरोप: रवि लामिछानेको निलम्बन राजनीतिक पूर्वाग्रहबाट प्रेरित"


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएको छ। लामिछानेको सांसद पद निलम्बनपछिको घटनाक्रमलाई लिएर पार्टीका नेता दीपक बोहराले असन्तुष्टि जनाएका छन्।

बोहराले भने, "सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र प्रतिनिधिसभा सञ्चालन नियमावली, २०७९ को गलत व्याख्या गर्दै जनप्रतिनिधिलाई हटाउन खोजिएको देखिन्छ। सांसदलाई राष्ट्रसेवकको परिभाषामा राख्न खोज्नु कानुनी र नैतिक रूपमा गलत हो।"

उनले सम्पत्ति शुद्धीकरण ऐनमा जनप्रतिनिधिलाई राष्ट्रसेवक मान्न सकिने कुनै आधार नरहेको प्रस्ट पारे। साथै, उनले विगतमा न्यायालयले राष्ट्रसेवकको परिभाषा कार्यकारी भूमिकामा सीमित हुने व्याख्या गरिसकेको उल्लेख गरे।

यस्तै, प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार सांसद निलम्बन हुनका लागि पुर्पक्षका लागि थुनामा बस्नुपर्ने तर लामिछाने न्यायिक हिरासतमा मात्रै रहेको बताउँदै, यस आधारमा निलम्बन गर्न मिल्दैन भन्ने धारणा राखे।

रास्वपाले रवि लामिछानेलाई जनताको मतद्वारा निर्वाचित प्रतिनिधि भएकाले कानुनी आधारबिना हटाउने प्रयास लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध भएको ठहर गरेको छ। बोहराले भने, "लोकतन्त्रमा यस्तो मनोमानी व्यवहार स्वीकार्य हुँदैन।"



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट