Techie IT

बलात्कार मुद्दामा फसाई रकम असुली गरेको आरोपमा फरार प्रहरी निरीक्षक अदालतमा उपस्थित


ललितपुर, २२ डिसेम्बर – व्यवसायीलाई युवती प्रयोग गरी बलात्कार मुद्दामा फसाई रकम असुली गरेको आरोपमा फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छन्।

शाहीको बयान हाल न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा जारी रहेको छ। अदालतले बयानपछि बहस गर्दै थुनामा पठाउने वा साधारण तारेख र धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ।

ललितपुर जिल्ला अदालतमा इन्सपेक्टर शाहीसहित ६ जनाविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ। यसै मुद्दामा न्यायाधीश टेकराज जोशीको इजलासले १३ मंसिरमा घटनाका मुख्य योजनाकार ताज इस्लामलाई थुनामा राख्ने आदेश दिइसकेको थियो।

प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर शाही, जसलाई घटनामा प्रतिवादी बनाइएको थियो, फरार भएपछि करिब एक महिनापछि अदालतमा उपस्थित भएकी हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट