Techie IT

सूर्यदर्शन सहकारीको रकम अपचलनमा रवि लामिछाने र उनकी पत्नीलाई पनि प्रतिवादी बनाई मुद्दा दायर


कास्की जिल्ला अदालतमा सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबुर राई जीबीविरुद्ध मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार ४४ जना व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग लगाएको सूचना अधिकारी शान्तिदेवी शर्माले उक्त जानकारी दिएकी छन्।

मुद्दामा रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलसहित पाँच जनालाई जफत प्रयोजनको लागि प्रतिवादी बनाइएको छ। जफत प्रयोजनमा प्रतिवादी बनेकामा छविलाल जोशीकी पत्नी पदमा बन्जाडे, छोरा रोचक जोशी र गितेन्द्र राई निकट मानिएकी लिला पछाईँ र उनकी आमा राधा पछाईँ पनि समावेश छन्। उनीहरूलाई कसुरको सम्पत्ति पुगेको व्यक्तिको रुपमा जफतका लागि मात्र प्रतिवादी बनाइएको जानकारी दिइएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ। कास्की जिल्ला अदालतमा उनीहरूलाई सम्पत्ति जफत गर्नको लागि प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो।

लामिछानेविरुद्ध तीनवटा प्रमुख कसुरमा मुद्दा दर्ता गरिएको छ। उनले संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप खेपिरहेका छन्। कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले उक्त जानकारी दिइन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा रवि लामिछाने र अन्यका विरुद्ध थप कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट