Techie IT

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह


मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताएका छन्  । उनले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गरे ।   
    
एनपिएलमा जनकपुर वोल्टस्ले जित हासिल गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले एनपिएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालका खेलाडी थप तयार छन् भन्ने सन्देश संसारसामु पुगेको बताएका छन् । खेलले एकता, सद्भाव र सहिष्णुताको भावना विकसित गर्ने गरेको उल्लेख गर्दै उनले एनपिएल र यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको उल्लेख गरे ।     
एनपिएलको अन्तिम तथा निर्णायक खेलमा जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीहरूको आत्मबल, प्रतिष्ठा तथा उत्साहमा वृद्धि भएको मुख्यमन्त्री सिंहको भनाइ थियो । उनले प्रदेशको धार्मिक तथा सांस्कृतिक सहर जनकपुरधामसँग जोडिएको नाम र प्रदेशवासीकै भाव बनेको जनकपुर बोल्ट्स विजयी हुँदा मधेश प्रदेशका बासिन्दामा रहेको खेलप्रतिको निष्ठा अभिव्यक्त भएको बताएका छन् ।     
    
मुख्यमन्त्री सिंहले प्रतियोगिता अवधिभर जनकपुर बोल्ट्सले गरेको उत्कृष्ट र आनन्दायक प्रदर्शनबाट प्रदेशवासीमा अन्तिम खेलसमेत जित्ने विश्वास पलाएको र टोली आफ्नो कुशल रणनीति, उच्च मनोबल र धीरतापूर्ण खेलबाट प्रदेशवासीको भरोसामा खरो उत्रेको उल्लेख गरेका छन् । 

मुख्यमन्त्री सिंह जनकपुर बोल्ट्सको हौसला बढाउन हिजो काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमै पुगेका थिए । मधेश प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले बताएका छन् ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट