Techie IT

सुदूरपश्चिम रोयल्सले दियो जनकपुरलाई १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो।

सुदूरपश्चिमका ओपनर सैफ जैबले ४३ बलमा ८ चौका र २ छक्कासहित उत्कृष्ट ६९ रनको अर्धशतकीय पारी खेले। अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान गरे। यी दुईले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गर्दै टोलीलाई सशक्त सुरुवात दिलाए। यो साझेदारी सुदूरपश्चिमका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

तर, ओपनरहरूको उत्कृष्ट सुरुवातपछि सुदूरपश्चिमले लगातार विकेट गुमाएको कारण ठूलो स्कोर बनाउन सकेन। कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रन, हरमित सिंहले १४ रन, ब्राण्डन म्याकमुलनले १४ रन, र स्कट कुगेलेइनले १३ रनको योगदान गरे। आरिफ शेख १ रनमै आउट भए।

जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिन र किशोर महतोले ३/३ विकेट लिए। ललित राजवंशी र जेम्स निशमले १/१ विकेट झारे।

१८५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रँदै गर्दा जनकपुर बोल्ट्सको प्रदर्शन कस्तो हुने भन्नेमा क्रिकेटप्रेमीको ध्यान केन्द्रित छ। खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट