Techie IT

नेपालमा पुनः मंकीपक्स सङ्क्रमण, सीमा र विमानस्थलमा सतर्कता बढाइयो


नेपालमा पुनः मंकीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र विमानस्थलका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि भएको छ। ती व्यक्ति साउदी अरबबाट बिहीबार स्वदेश फर्किएका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पाइएको हो। उनको अवस्था सामान्य रहेको र अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

नेपालमा यसअघि पनि दुई वर्षअगाडि एक विदेशी नागरिकमा मंकीपक्सको सङ्क्रमण देखिएको थियो। मन्त्रालयले विमानस्थल र सीमा क्षेत्रमा हेल्थ डेक्स सक्रिय बनाउँदै सतर्कता बढाउन र थप निगरानी गर्न निर्देशन दिएको छ।

विशेषज्ञहरूले मंकीपक्सका लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गर्न र भीडभाडमा सतर्क रहन आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट