Techie IT

आजको मौसमः नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव, केही स्थानमा हुस्सु र कुहिरो


नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव जारी रहेको छ, जसका कारण तराई, खोँच र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

पूर्वानुमान महाशाखाले जानकारी गराएअनुसार, दिउँसोको समयमा कोशीको उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ, भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

बिहानको समयमा तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोका कारण जनजीवन, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट