Techie IT

मकाउको जुवा उद्योग र आर्थिक विविधीकरणमा सी जिनपिङको प्रशंसा


Photo:Maxim Shemetov / POOL / AFP

चिनियाँ राष्ट्रपति सी जिनपिङले मकाउले आर्थिक विविधीकरण र क्यासिनो उद्योगको स्वस्थ विकासमा नयाँ उपलब्धिहरू हासिल गरेको भन्दै निवर्तमान नेता हो इट–सेङको नेतृत्वको प्रशंसा गरेका छन्। मकाउले चीनलाई हस्तान्तरण गरेको २५औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा उनले यो टिप्पणी गरेका हुन् ।

पूर्व पोर्चुगाली उपनिवेश मकाउले ‘एक देश, दुई प्रणाली’ अवधारणाअन्तर्गत २५ वर्षअघि चीनलाई हस्तान्तरण गरिएको थियो। यस अवधिमा मकाउले विश्वको क्यासिनो राजधानीको रूपमा प्रतिष्ठा कमाएको छ। जुवा राजस्वका आधारमा यसले लास भेगासलाई उछिनेको छ।

राष्ट्रपति सीले मकाउले ‘उपयुक्त आर्थिक विविधीकरणमा नयाँ उपलब्धिहरू हासिल गरेको’ र ‘जुवा उद्योगलाई स्वस्थ र व्यवस्थित रूपमा विकास गरेको’ बताए। मकाउको नेतृत्वले कोरोना महामारीको चुनौतीसँग व्यावहारिक ढंगले सामना गरेकोमा उनले प्रशंसा व्यक्त गरे।

मकाउको नेतृत्व परिवर्तनको अवसरमा पूर्व न्यायाधीश साम हौ–फाई नयाँ नेताको रूपमा पदभार ग्रहण गर्ने तयारीमा छन्। मकाउको भविष्यका लागि सीले तीन प्रमुख अपेक्षा उल्लेख गरेका छन्। मकाउले आफ्नो स्थिति सही तरिकाले निर्धारण गर्दै ग्रेटर बे एरिया जस्ता राष्ट्रिय विकास रणनीतिहरूसँग सक्रिय रूपमा जोडिनुपर्ने सुझाव उनले दिएका छन्।

ग्रेटर बे एरिया योजनाले हङकङ, मकाउ र चीनको दक्षिणी सहरहरूलाई एकीकृत गर्दै सिलिकन भ्यालीलाई उछिन्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। मकाउले प्रतिभा आकर्षण गर्न र सुधार तथा नवप्रवर्तनमा ध्यान दिन खुला र समावेशी बन्नुपर्ने सीको धारणा छ।

राष्ट्रपति सीले मकाउको गैर-जुवा उद्योग विकासका लागि भाडामा दिइएको हेङ्किन टापुको समेत भ्रमण गरेका छन्। यस भ्रमणसँगै मकाउ वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

मकाउले हङकङको विपरीत चिनियाँ शासनमा फर्किएपछि खासै राजनीतिक अशान्ति देखाएको छैन। राष्ट्रपति सीले मकाउको स्थिरता र विकासका लागि सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट