Techie IT

कृषि विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमा ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश समावेश छ।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै, बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट