Techie IT

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु


देशभरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा बुधबार साँझदेखि बिहीबार बिहानसम्म आठ जनाको मृत्यु भएको छ।

काठमाडौं दुर्घटना
काठमाडौं महानगरपालिका-३२ जडिबुटी नजिक बा.५ ख ३७६४ नम्बरको बसले बा.६७ प ५८६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार रामेछाप गोकुलगंगा गाउँपालिका-७ की ४२ वर्षीया गायत्री कार्कीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। यसैगरी, बालकुमारी पुल नजिक मोटरसाइकलको ठक्करबाट हाल नाम नखुलेका करिब ५५ वर्षीय पुरुषको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ।

नवलपरासी दुर्घटना
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-३ कीर्तिपुरमा लु.४२ प ६५४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परी ताप्लेजुङका ३० वर्षीय सुवास राईको मृत्यु भयो।

कपिलवस्तु दुर्घटना
कपिलवस्तु नगरपालिका-२ कुदानमा यूपी ५५ जे ६४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेर ५५ वर्षीय गोपालबहादुर चौधरीको मृत्यु भएको छ।

सुनसरी दुर्घटना
दुहबी नगरपालिका-८ मा कारको ठक्करबाट पैदलयात्री ४५ वर्षीय गणेश गुप्ताको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

झापा दुर्घटना
मेचीनगर नगरपालिका-८ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा ३४ वर्षीय दिवश प्रधानको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।

रौतहट दुर्घटना
राजपुर नगरपालिका-३ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा २२ वर्षीय अजगर अलीको प्रादेशिक अस्पताल गौरमा मृत्यु भयो। उक्त दुर्घटनामा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन्।

महोत्तरी दुर्घटना
बर्दिबास नगरपालिका-३ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा ३३ वर्षीय अम्बर माझीको मृत्यु भएको छ। दुर्घटनामा सवार अर्का व्यक्ति घाइते भएका छन्।

प्रहरीले सबै घटनामा अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट