Techie IT

गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’


अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबीच युद्धविराम हुने सम्भावनाप्रति आफू आशावादी रहेको बताएका छन् । तर, युद्धविरामपछि दीर्घकालीन शान्ति स्थापनाका लागि चुनौती अझै बाँकी रहेको स्वीकार गरेका छन् ।

वैदेशिक सम्बन्ध परिषद्को बैठकमा बोल्दै ब्लिन्केनले १४ महिनादेखि जारी हिंसात्मक युद्ध अन्त्य गर्न आफ्नो सरकारले बारम्बार प्रयास गरे पनि ती प्रयास असफल भएको स्वीकार गरे। उनले भन्नुभयो, “हामीले जिम्मेवारीबाट विदा लिनुअघि प्रत्येक क्षण युद्धविरामका लागि प्रयास गर्नेछौँ।”

ब्लिन्केनले हालैको मध्यपूर्व भ्रमणको क्रममा हमासले आफ्नो संरक्षक इरानबाट भएको क्षतिका कारण लचकता देखाएको मूल्याङ्कन गर्दै युद्धविरामका लागि सकारात्मक संकेत देखिएको उल्लेख गरे।

उनले इजरायललाई गाजामा दीर्घकालीन उपस्थिति कायम राख्ने सोच त्याग्न सुझाव दिँदै युद्धको अन्त्य इजरायल र क्षेत्रीय स्थायित्वका लागि आवश्यक रहेको बताए।

गाजामा युद्ध सुरु भएयता ४५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले पुष्टि गरेको छ। इजरायली आक्रमणका कारण गाजाका १९ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन्।

यसैबीच, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई आफ्नो समर्थन निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् छ।

ब्लिन्केनले युद्धविरामले केही बन्धकहरूको रिहाइ सुनिश्चित गराएकोमा सन्तोष व्यक्त गर्दै शान्ति प्रक्रियाका लागि सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट