Techie IT

अनेरास्ववियुको २४औं महाधिवेशन चैत मसान्तमा हुने, स्ववियु निर्वाचनको तयारी तीव्र


एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो २४औं महाधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। बुधबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तय गर्दै आगामी कार्यक्रमहरूलाई तीव्रता दिने निर्णय गरेको हो।

अध्यक्ष समिक बडालका अनुसार, महाधिवेशनअघि आगामी फागुन १५ मा हुने स्ववियु निर्वाचनको तयारीका लागि माघ ६ देखि ८ गतेसम्म केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ।

अध्यक्ष बडालका अनुसार स्ववियु निर्वाचनले अनेरास्ववियुको संगठन सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसका लागि रणनीति बनाउँदै केन्द्रीय समिति बैठकमा विस्तृत योजना तय गरिनेछ।

चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नका लागि संगठनका सबै तहमा तयारी तीव्र बनाइने बडालले बताए। “स्ववियु निर्वाचन र महाधिवेशन दुबै संगठनलाई थप गतिशील बनाउने अवसर हुन्। संगठनलाई बलियो बनाउन हामीले यी कार्यक्रमहरूलाई प्राथमिकता दिएका छौँ,” उनले भने।

महाधिवेशनको मिति नजिकिँदै गर्दा अनेरास्ववियुमा नेतृत्व चयन र संगठन सुदृढीकरणको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ। महाधिवेशनलाई पारदर्शी, लोकतान्त्रिक र सबैपक्षीय सहमतिको आधारमा सम्पन्न गर्न सचिवालयले ठोस योजना बनाउने निर्णय गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट