Techie IT
२०८२ वैशाख ८, सोमबार

बजेट जलाउने धम्की दिने सांसद अहिले स्वास्थ्य मन्त्री


गत असार ११ गते गण्डकी प्रदेश सभामा एमाले सांसद कृष्णप्रसाद पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिका नै जलाउने चेतावनी दिएका थिए। तर, आश्चर्यजनक रूपमा उनी अहिले त्यही बजेट कार्यान्वयन गर्ने जिम्मेवारीमा पुगेका छन्। पाठक हाल गण्डकी प्रदेशको स्वास्थ्य मन्त्री बनेका छन्।

आफ्ना योजना बजेटमा नपरेको भन्दै कांग्रेस नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाएका पाठकले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै मन्त्रालय गुट्मुट्याएको भन्दै आपत्ति जनाएका थिए। तर, अहिले उनी आफैं पाण्डे नेतृत्वकै मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री बन्न पुगेका छन्।

११ जिल्ला अस्पताल, प्रदेशको आफ्नै संक्रामक तथा सरुवा रोग र मातृशिशु गरी १४ वटा अस्पताल, मातहतका ४० भन्दा धेरै कार्यालयहरु र २ अर्बभन्दा धेरै बजेट चलाउने जिम्मेवारी पाएका पाठकले यसअघि नेकपा एमालेको जिल्ला अध्यक्षमा पराजित भएका थिए। तर, समानुपातिक सूचीमा पर्दै सांसद बनेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट