Techie IT

नयाँ हुलाक टिकटहरू सार्वजनिक, ऐतिहासिक महत्वको सम्मान


हुलाक सेवा विभागले दुई नयाँ हुलाक टिकट प्रचलनमा ल्याएको छ। ‘एक सय ५०औँ विश्व हुलाक दिवस’ र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका टिकटहरू आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालद्वारा टाँचा प्रदान गरिएको छ ।

यी टिकटहरू सन् २०२४ का हुलाक टिकटहरूको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको हो। विभागले रु १० दरका १०/१० लाख टिकट प्रकाशनमा ल्याएको जानकारी दिएको छ। हालसम्म विभागले एक हजार चार सय ५२ प्रकारका हुलाक टिकट छापिसकेको छ।

हुलाक दिवस र इन्टरपोलको महत्व
विश्व हुलाक सङ्घ (युपियू) को स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको थियो। नेपालसहित १९२ सदस्य राष्ट्र रहेको यो सङ्घको स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिन्छ।

त्यस्तै, सन् १९२३ सेप्टेम्बर ७ मा स्थापना भएको इन्टरपोलले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवाद, लागुऔषध तस्करी, र मानव बेचबिखनजस्ता अपराध नियन्त्रणका लागि प्रहरी सङ्गठनहरूलाई एकजुट गर्ने भूमिका खेल्दै आएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक विभागको ऐतिहासिक र सांस्कृतिक महत्वमा जोड दिँदै दुई वर्षअघि विदेशबाट टिकट छाप्नुपर्ने बाध्यता स्मरण गराएकी थिइन् । उनले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्दै स्वदेशमै हुलाक टिकटदेखि अन्य राष्ट्रिय सुरक्षाका कागजात छाप्ने तयारी भइरहेको जानकारी दिइन्।

“अब हाम्रै छापाबाट टिकटदेखि रुपैयाँसम्म छाप्नुपर्छ भन्ने अभियानमा लागेका छौँ,” सचिव अर्यालले भने। साथै, केही पुराना टिकटहरू राजनीतिक कारणले प्रचलनमा ल्याउन नसकिने भन्दै तीनलाई सङ्ग्रहालयमा सुरक्षित राख्न निर्देशन दिएकी थिइन् । हुलाक टिकटहरू समय र इतिहासका साक्षी भएकाले भावी पुस्ताका लागि अनुसन्धानको स्रोत बन्न सक्ने उनको भनाइ थियो। 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट